सोमवार, जेष्ठ ७, २०८१

मतपत्र डिजाइनका लागि आयोगद्दारा निवेदन आव्हान

 काठमाडौं माघ २२ ,
निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि विज्ञहरुको सूची तयार गर्न निवेदन आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि निवेदन आव्हान गरेको हो ।

आयोगको सूचनामा निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएकोछ ।