आइतवार, जेष्ठ ६, २०८१

पछिल्लो २४ घण्टामा १७३४ जनामा कोभिड संक्रमण पुष्टि , ९ को मृत्यु

काठमाडौं माघ २२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ जनामा र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जना गरि १ हजार ७१४ जनामा  कोभिड   सङ्क्रमण पुष्टि भएको छ जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ४ हजार ७७१ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी दिएको छ भने यसवीचमा ९ संक्रमितको मृत्यु भएको जनाएकोछ छ । योसँगै मुलुकमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुगेको छ । साथै पछिल्लो समय नेपालमा हाल ५२ हजार ७८० जनामा सक्रिय सङ्क्रमण रहेको जनाएको छ।

साथै पछिल्लो २४ घण्टामा मुलुकमा ५ लाख ८८ हजार ४४० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।