सोमवार, जेष्ठ ७, २०८१

बढ्दो चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देशभर सामान्यदेखि पूर्ण बदली र वर्षासंगै हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं पुस ११,
जल तथा मौसम विज्ञान विभागले आज जारी बुलेटिनमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव फैलिएसंगै देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएकोछ ।

तयस्तै विभागले जारी गरेको बुलेटिनमा पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसमी प्रणाली देखिएको उतारचढावसंगै पर्वतारोहण, हवाई र यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

त्यस्तै यहि प्रवाका कारण देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना औल्याएको हो ।