शुक्रबार, बैशाख १४, २०८१

कानूनसम्मत सेवा पाउने सेवाग्राहीको अधिकार सुनिश्चित गर्नु महानगरको दायित्व: पौड्याल

काठमाडौँ पुस ११,

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी आजबाट लोकनाथ पौड््यालले सम्हाल्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल लाइ काठमाडौं महानगरको जिम्मेवारी दिइएको हो ।

यसअघि महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका राजेश्वर ज्ञवाली पछिल्लो समय महानगरको वडा नं १२, टेकुस्थित भवन निर्माणको ठेक्का प्रकरणमा भएको गलत लिखत सहितको १५ करोड रुपैया आर्थिक लाभको सेटिङ सहितको सहमतिमा समानान्तर निर्माण सेवालाइ दिइएको ठेक्का प्रसंगमा समेत मुछिएपछि मन्त्रालयले प्रशासकिय अधिकृत ज्ञवालीलाइ मन्त्रालयमा जगेडामा रहेने गरि मन्त्रालयले तानेको महानगर स्रोतको दावी रहेो छ।

त्यस्तै यसअघि मधेसी आयोगमा कार्यरत पौडेलले महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पदबहाली गर्दै भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु महानगरको दायित्व भएको बताउनुभयो ।

२०५३ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेको पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव हुनुभएको हो । त्यस्तै पौड््यालले यसअघि स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिव जस्तोमहत्वपूर्ण जिम्मेवारी वहन गरिसकेको छन ।