मङ्लबार, जेष्ठ ८, २०८१

पछिल्लो समय कुल संक्रमित मध्ये १२१ को आइसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं मंसिर २३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २११ जना कोभिडसंक्रमित थपिएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १८ पीसीआर र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षणको क्रममा २११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले नेपालमा कुल कोभिड संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको र यसमध्ये पछिल्लो समय ६ हजार १०५ जनामा सक्रिय संक्रमण रहेको जनाउदै यसवीचमा ३२९ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी दिएको छ ।

त्यस्तै यहि अवधिमा २ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको जानकारी मन्त्रालयले दिएको छ । साथै सक्रिय संक्रमित मध्ये १२१ जनाको आइसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930