काठमाडौँ असोज १९,
आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यक्रम तय भइसकेको जनाएको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद् बैठक लगातार अवरुद्ध गर्दै आएको छ । उसले आजको बैठकमा पनि अबरोध गर्ने बताएको छ।