बिहिबार, जेष्ठ ३, २०८१

गठबन्धनमा संलग्न दलहरूको सहमतिमा अवको एकाध दिनमानै सरकारले पूर्णता पाउने :मन्त्री कार्की

काठमाडौं भाद्र २२,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएकोछ । प्रवक्ता कार्कीले आएतवार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसंगै कुरा गर्दै गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले अवको एक दुइ दिन भित्रै पूर्णता पाउने बताउनु भएको हो ।

त्यस्ते उहाँले सरकारको अव बन्ने पूर्ण संरचनामा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट २ मन्त्री र एक राज्यमन्त्री रहने जानकारी समेत दिनुभयो । त्यस्तै उहाँले सत्ता साझेदार दल माओवादी केन्द्र एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट पनि सोहि अनुपातमा मन्त्रीहरु थप गरिने बताउनुभयो । यसवीचमा जनमोर्चाले सरकारलाई समर्थन गरेपनि मन्त्रिमण्डलमा आफ्नो दलबाट कनै प्रतिनिधत्वि नहुने जनाउ यसअघिनै दिइसकेको छ ।

त्यस्तै प्रवक्ता कार्कीले भाद्र २३ मा बस्ने संसद बैठकले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन लगायतका कार्यसूचीमा नितिगत छलफलल सहित सरकार अगाडि बढ्ने बताउनुभयो ।

यसैवीच उहाँले मन्त्रिपरिषद् बैठकले निजामती सेवा नियमावली व्यवस्थाबमोजिम निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुको अलावा राष्ट्रिय जनगणना, २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको बताउनुभयो । स्वीकृत कार्यतालिका अनुसार आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म जनगणनाको कार्य हुने उहाँले बताउनुभयो ।

त्यसैगरी बैठकले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णयसंगै अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप प्राप्त हुने करिब पाँच अर्ब ५४ करोड रुपियाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको बताउनुभयो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031