बिहिबार, बैशाख ६, २०८१

आगामी दुइ दिन बढ्दो मनसुनी गतिविधिसंगै मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं भाद्र २२ ,
जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिन मार्फत  उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना संगै अझै दुई दिन मनसुन सक्रिय हुने जनाएको छ ।

त्यस्तै जारी विशेष बुलेटिन देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँदै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना औँल्याएको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यद्यपि सेप्टेम्बर २३ सम्म नै मनसुनको समय भएकाले आगामी असोज ७ गतेसम्म नै मनसुनी वर्षाको सम्भावना कायमै रहेको छ । यसपालि तुलनात्मक रुपमा धेरै नै वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जनाएको छ।