आइतवार, जेष्ठ ६, २०८१

२ हजार ६२४ कोभिड संक्रमित थपिए, २० को मृत्यु

काठमाडौं साउन ३० ,
पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ जनाको एन्टीजेन परीक्षणको क्रममा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै वितेको २४ घण्टामा १ हजार ३२० जना संक्रमित निको भएसंगै देशभर कोभिड मुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको जानकारी समेत मन्त्रालयले दिएको छ।

साथै यसवीचमा २० जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको जनाएको छ भने पछिल्लो समय ७६० जनाको आइसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।