बिहिबार, बैशाख १३, २०८१

कोभिसिल्ड र एस्ट्राजेनेका खोप एकै हो भ्रममा नर्पन डा. पुनको आग्रह

काठमाडौं साउन ३० ,
पछिल्लो समय सरकारले कोभिड विरुद्ध प्रयोगमा ल्याएको कोभि सिल्ड खोप लगाएका व्यक्तिलाइ जापान सरकारको सहयोग प्राप्त भएको एस्ट्राजेनेकाको खोप लगाएसंगै आम नागरिकमा अनेकन भ्रम सिर्जित हुनुको अलावा यत्र तत्र सर्वत्र विभिन्न टिकाटिप्पणी भएसंगै शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक समेत रहेका डा शेरबहादुर पुनले प्रस्तुत भ्रमको निवारण गर्दै आम नागरिकलाइ समयमा तोकिएको खोप केन्द्रमा गई सुरक्षित तरिकाले खोप लगाउन आग्रह गर्नुभएको छ।

त्यस्तै एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालय मिलेर कोभिड १९ विरुद्धको खोप विकास गरेको जनाउ दिदै यो खोप भारतको सेरम इन्स्टीच्यूट अफ इन्डिया अर्थात् एसआईआई लाई पनि उत्पादन गर्न अनुमति प्रदान गरेको र एसआईआईले उक्त खोप कोभिसिल्डको नामबाट उत्पादन गरेको हो भने जापान सरकारको सहयोग स्वरुप नेपाललाई प्राप्त एस्ट्राजेनेकाको खोप एकै फर्मुलाबाट बनेको बताउनुभएको छ। त्यस्तै यो खोप भ्याक्सजेभ्रिया र कोभिसिल्ड गरि दुई ब्रान्ड अन्तर्गत उत्पादन हुँदै आइरहेको डा पुनले बताउनभएको छ ।