शुक्रबार, बैशाख २१, २०८१

कोभिड–१९ जोखिम बढेसंगै काठमाडौं प्रशासनले जारी गर्यो १४ बुँदे सार्वजनिक सूचना

काठमाडौ बैशाख ७ ,
नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोभिड–१९ का सङ्क्रमितको सख्या दिनानुदिन बढेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय प्रभावकारी ढंगले कार्यन्वयन गर्ने निर्णय सहित १४ बुँदे सार्वजनिक सूचना जारी सवारीसाधन सञ्चालन देखि विभिन्न् क्षेत्रमा लागु हुने नयाँ नियम कार्यान्वयनमा ल्याएकोछ ।

लागु गरिएको नियम अनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय संगै विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुने जनाउ दिदै सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।


त्यस्तै मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने, तर २५ जनाभन्दा बढी हुन नहुने र सामाजिक दूरी अवलम्बन गर्ने गरी शपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न पाउँने तर आवश्यक सावधानी अपनाउनु पर्ने मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेश जारी गरेको छ।