बिहिबार, बैशाख २०, २०८१

देशभर थप ६ सय १३ जनामा कोभिड संक्रमण, ५ जनाको मृत्यु

 

काठमाडौं पुस ९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ५ सय १० जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका २४४ सहित देशभर थप ६ सय १३ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौमा १९९ ललितपुरमा २७ र भक्तपुरमा १८ जना गरी थप २४४ रहेको समेत जनाएको छ । साथै कुल संक्रमित मध्ये देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको जनाउनुको अलावा मन्त्रालयले पछिल्लो समय थप ७ सय ३९ जना संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको सख्या २ लाख ४७ हजार ४ सय पुगेको जानकारी दिएको छ ।

त्उसतै संक्रमणबाट थप ५ जनाको मृत्युभएसंगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको मन्त्रालयल जनाएको छ ।