बिहिबार, बैशाख २०, २०८१

उपत्यकामा थपियो ९ सय २ जना संक्रमित

काठमाडौं असोज १४ ,

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ पीसीआर नमूना परीक्षण गर्दा ९ सय ७७ पुरुष र ५ सय ८२ महिला गरि १ हजार ५ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये आज मात्र उपत्यकामा ९ सय २ जना संक्रमित रहेको छन । यसमध्ये काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरका ९३ जना रहेको मन्त्तालयले जनाएको छ।

त्यस्तै देशभर थप १ हजार ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमणका कारण ५ पुरुष र दुई महिला गरि ७ जना संक्रमितकोमृत्यु भएकोछ । मृत्यु हुनेमा काठमाडौमा ३४ र ३६ वर्षीया महिला ५४ वर्षीय पूरुष रहेको मन्त्रालयले जनाएको छ ।