बिहिबार, बैशाख २०, २०८१

विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह

 नेपालका लागि इजरायली राजदूतसंगै अन्तर्राष्ट्रिय रेडक्रसलाई  समेत कुशल रिहाइको लागि अपिल

 काठमाडौं वैशाख ७,

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।

सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभयो।

यसअघि विहवार विपिनका परिवारले नेपालका लागि इजरायली राजदूतसंगै अन्तर्राष्ट्रिय रेडक्रसलाई  ससमेत कुशल रिहाइको लागि अपिल गरेका छन ।   हमासको नियन्त्रणमा रहेको करिब ७ महिनासम्म विपिनको अवस्था थाहा नहुँदा आफूहरू इन्तु न चिन्तु भएको परिवारका सदस्यको गुनासो रहेको थियो । त्यसअवसरमा नेपालका लागि इजरायली राजदूतले विपिनको रिहाइका लागि आफूले हरसम्भव प्रयास गर्ने आश्वासन दिनुभएको थियो ।