बिहिबार, बैशाख २०, २०८१

मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई

 काठमाडौं बैशाख ६,

आज बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णयसंगै सहसचिवत्रय क्रमस केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा र बढुवा भएका सचिवत्रय मध्ये शर्मालाइ राष्ट्रिय तथ्यांक कार्यालयमा , अधिकारीलाइ महालेखापरीक्षकको कार्यालयमा र खरेललाइ राष्ट्रिय मानव अधिकार आयोगमा पदस्थापना गरिने सरकारको तयारी रहेको बुझिएको छ।

त्यस्तै बैठकपछि सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले आजको बैटकमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय समेत भएको जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु