बिहिबार, जेष्ठ ३, २०८१

कृषि विकास निर्देशनालयका निमित्त प्रमुख पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 काठमाडौं चैत २८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न गण्डकी प्रदेश पोखरा कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी बजेट हिनामिना गरेको भन्दै आयोगले मंगलबार पोखरेलसहित निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालीन कृषि अर्थविज्ञ एवं शाखा प्रमुख भानुभक्त भट्टराईविरुद्ध प्रतिव्यक्ति २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा तत्कालीन कृषि अर्थविज्ञ एवं शाखा प्रमुख भानुभक्त भट्टराईविरुद्ध प्रतिव्यक्ति २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

 त्यस्तै प्रवक्ता घिमिरेले एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेर आर्थिक अनियमितता भएको दाबी सहित स्याङ्जाको गल्याङ नगरपालिका ३, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परशुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठविरुद्ध जनही २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।