बिहिबार, जेष्ठ ३, २०८१

लुम्बिनी प्रदेशमा सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति

माओवादी  संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

काठमाडौं चैत २३,
केन्द्रीय सत्ता समीकरणको फेरबदलसँगै प्रदेश सरकारमा समेत सत्ता गठबन्धनको फेरबदल भएको छ।  ८७ सदस्यीय प्रदेशसभामा विस्वासको मत पाउँने संभावना क्षिणभएसंगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विहिवार आफ्नो पदबाट राजीनामा दिएको हो । मुख्य मन्त्री चौधरीको राजीनामासंगै नयाँ सत्ता सहकार्यका लागि बिहीबार चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको बुझिएको छ।

 सहमति अनुसार संविधानको धारा १६८ को उपधारा २ माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाइ मुख्यमन्त्रीको जिम्मेवारी दिदै साझा ढङ्गले अघि बढ्न सहमति भएको बताइएको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन ।

सरकार गठनका लागि लुम्बिनी प्रदेश सभामा ४४ सांसदको आवश्यकता रहन्छ । जसअनुसार गठबन्धनमा आबद्ध दल एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, र स्वतन्त्रबाट १ सांसद रहेका छन् । त्यस्तै राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एसका १/१ सांसद रहेका छन् ।

गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० [सभामुखबाहेक], जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ नागरिक उन्मुक्तिसँग ४, स्वतन्त्र १ प्रदेशसभा सदस्य रशेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु