बिहिबार, जेष्ठ ३, २०८१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

 काठमाडौं चैत २२,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेको हो ।  प्राप्त जानकारी अनुसार आज दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभाको सबभन्दा ठुलो दल कांग्रेसका १८ सांसद छन् । ५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । गठबन्धनसँग माओवादीका १० ९सभामुख बाहेक०, एमालेका १० ,नाउपाका ७ सांसद र एकीकृत समाजवादीका ४ सांसद रहेका छन् ।

मुख्यमन्त्री शाहले विस्वासको मत पाउँन नागरिक उन्मुक्ति पार्टीकै समर्थन अनिर्वाच रहेको पाइन्छ । तर पछिल्लो समय नाउपाभित्रैको बढ्दो किचलो र स्वतन्त्र सांसदको अडानका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने आकंल गरिरहेका छन् ।