बिहिबार, जेष्ठ ३, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरे राजीनामा

काठमाडौं चैत २१
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

पछिल्लो समय संघीय सरकामा भएको उथलपुथलपछि फागुन २३ मा माओवादी केन्द्रले सरकारलाइ दिदै आएको समर्थन फिर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अख्तियार गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री पाण्डे गण्डकीमा निर्णायक देखिएको राप्रपाको समर्थन प्राप्त गर्ने रणनीति बनाउँदै गर्दा राप्रपाले तत्काललाइ सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले आज राजीनामा दिनु भएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु