सोमवार, जेष्ठ ७, २०८१

माओवादी र कांग्रेसको मौजुदा सत्ता गठबन्धन भत्कियो, एमाले रास्वपा र जसपा सरकारमा जाँदै

 काठमाडौं फागुन २१,

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको मौजुदा सत्ता गठबन्धन भत्किएको छ । संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

प्रधानमन्त्री प्रचण्डले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउने तयारी गरेको बुझिएको छ। बालुवाटार स्रोतले प्रधानमन्त्रीले आजै सबैमन्त्रीहरुलाई हटाउने मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भएको बुझिएको छ ।  यसवीचमा प्रम प्रचण्डले नयाँ गठबन्धन बनाउने विषयमा आइतवार प्रधानमन्त्री दाहालले हिजो राति एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा छलफल गर्दै नयाँ गठबन्धनको सहमति भएको थआ भएको छ।

त्यस्तै आज बिहानै बालकोटमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकमा ओलीले प्रधानमन्त्रीसँग भएको सहमतिको जानकारी दिदै एमाले, माओवादी, रास्वपा र जसपाको गठबन्धन बनाउने निर्णय भएको जानकारी सार्वजनिक भएको हो ।   त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बिहान ८ बजे बालुवाटारमा सरकारका मन्त्रीहरू फेरबदल लागयतका विषयमा छलफल गर्न बोलाइएको सत्तागठबन्धनको बैठक स्थगित भएको छ ।