सोमवार, जेष्ठ ७, २०८१

संसद बैठक : फागुन १८ मा सरकारले विपक्षी दलले उठाएका प्रश्नको सामना गर्ने

काठमाडौं फागुन १५,

प्रतिनिधिसभाको सोमवारको बैठकले फागुन १८ गते बस्ने बैठकमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएको छ ।

प्रमुख प्रतिपक्षिदल नेकपा एमाले लगायतका दलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मौजुदा सरकारका मन्त्रीत्रय विभिन्न प्रकरणमा विवादित बन्दा पनि कारवाही नगरी सरकार मौन रहेको भन्दै प्रमुख प्रतिपक्षिदल एमाले लगायत अन्य विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारको आलोचनासंगै बैठक अवरुद्ध गर्दै विवादित मन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध गर्दै आएको हो ।

अन्तत, अवारेधको श्रृखला नरोकिएपछि सभामुख देवराज घिमिरे उपस्थितीमा सोमवार विपक्षीदल वीच भएको छलफलको क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले फागुन १८ गते जवाफ दिने सहमति बनेसंगै पुनः बसेको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्मरण रहोस नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएका छन ।