सोमवार, जेष्ठ ७, २०८१

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि कारबाही प्रक्रिया शुरु गरिने प्रधानमन्त्रीको प्रष्टोक्ति

काठमाडौं फागुन ६ ,
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले वोल्दै बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।

बैठकमा सासंदहरुलसंगको प्रश्नोउत्तर कार्यक्रम शुरु हुनुअघि बैठकमा वोल्दै प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने र अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको हो ।

त्यस्तै उहँँले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०÷१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए । परिवारका एकरएक जनालाई रोजगारीको व्यवस्था गरिने पनि बताउनुभयो ।