सोमवार, जेष्ठ ७, २०८१

तदर्थवादबाट संगठन चलाउने मानसिकता त्याग्नु आवश्यक:डा कोइराला

  काठमाडौ फागुन ५,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा तदर्थवादबाट संगठन चलाउने मानसिकता त्याग्नु आवश्यक रहेको बताउदै पार्टीले अबदेखि सबै तहका निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठवन्धन वा तालमेल गर्न नहुनेमा जोड दिनुभएको छ।

त्यस्तै नेता कोइरालाले मौजुदा संबिधानत निर्वाचन प्रणाली अनुरुप कुनै पनि दलको बहुमत आउने सम्भावना नदेखिएको भन्दै संबिधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै दलहरुसँग संवादको लागि कांग्रेसले पहल गर्नु पर्ने धारणा राखेका छन्।  साथै नेता डा।कोइरालाले महासमिति बैठकका लागि प्रस्तुत गर्ने प्रस्तावमा १६ बुँदे सुझाव दिँदै कोइरालाले पार्टीका २९ संसदीय निर्वाचन क्षेत्र र केही भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व महासमिति बैठकमा नहुने अवस्थालाई गम्भीर रुपमा लिन समेत आग्रह गर्नुभएको थियो ।

 धारणा राख्ने क्रममा नेता कोइरालाले महासमितिको बैठकले “बिधान संशोधन मस्यौदा समिति” बनाएर बिधानलाई समयानुकुल परिमार्जन गर्न जरुरी रहेको जनाउसंगै महामन्त्रीज्यूको सांगठनिक प्रस्तावमा १५औँ महाधिबेशनको कार्यतालिका आएको छ। यो महासमितिको बैठकले त्यो कार्यान्वयनको सुनिश्चिता गरिनु पर्नेमा जोड दिनुभएको छ।

त्यस्तै  कानुनको नजरमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गरिनुपर्नेमा पार्टीको अडान रहनुपर्ने ,देशमा सहकारी र लघुवित्तमा देखिएको देशव्यापी समस्याको परिणाममुखि समाधान खोज्दै पीडितहरुलाई यथोचित न्याय दिनुपर्ने र देशको अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई सुनिश्चित गर्न अल्पकालिक र दीर्घकालिक नीति निर्धारण धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने, भ्रष्ट्राचार र सुशासनका सम्बन्धमा राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नु पर्ने, अनुसन्धान गर्ने निकाय, अदालत र कानुनका बिचमा तालमेल नहुने र मन्त्रीपरिषद्का सबै निणर्यलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाएमा संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्याउन सक्ने तर्फ सचेत गराए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031