सोमवार, जेष्ठ ७, २०८१

ललिता निवासको जग्गा किर्ते प्रकरण : पूर्वमन्त्रीत्रयलाइ सफाइसंगै मुख्य आरोपी हाटकशमशेर सहित १२ जना दोषी ठहर

ललिता निवासको जग्गा किर्ते प्रकरण :६५ जना व्यक्तिका नाममा रहेका जग्गा जफत

काठमाडौं फागुन ३,
विशेष अदालतले आज बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले चार वर्षअघि विशेष अदालतमा दायर मुद्धाको फैसला गरेको छ।  अख्तियारले प्रस्तुत मुद्धामा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो जरिवानासहित र ६५ जनाको जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।

तर विशेष अदालतले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा तत्कालीनमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठ,चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइसंगै मुख्य आरोपी हाटकशमशेर राणासहित १२ जनालाई भने दोषी ठहर गर्दै राणासहित १२ जनालाई ९ करोड रुपैयाँ बिगो र २ वर्ष कैदको फैसला सुनाएको छ ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीले ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार रामप्रसाद सुवेदी र शोभाकान्त ढकाल, मीनबहादुर गुरूङ, राम सुवेदी, लाइ पनि सजाय तोकेको छभने ६५ जना व्यक्तिका नाममा रहेका जग्गा जफत गर्ने निर्णय सहितको फैसला गरेको छ।   यसैगरी आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविलाल पन्तलाई २ वर्ष कैद र जनही ८० लाख ४८ हजार जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।