सोमवार, जेष्ठ ७, २०८१

माओवादी केन्द्रीय समिति बैठक: सहरी र तराई–मधेशमा विषेश अभियान  सञ्चालन गर्ने 

  • जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष
  • जनयुद्ध दिवस मनाउने प्रधानमन्त्री प्रचण्डको उद्घोष

 काठमाडौं माघ २९,
नेकपा माओवादी केन्द्रको फागुन १ गतेबाट सुरु हने पार्टीको विधान अधिवेशनको तयारीका लागि राजधानी दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले जनपरिचालनसहित सहरी र तराई–मधेशमा विषेश अभियान चलाउने निर्णय गरेको छ ।
बैठकले यसअघि सञ्चालन भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्षसहित कार्यकर्ताको मूल्यांकनको आधार तयार गर्ने निर्णय गरेको छ ।

कार्यकर्ताको मूल्यांकनको क्रममा अभियानमा १०० प्रतिशत खट्नेलाई प्रशंसापत्र, ७५ देखि ८० प्रतिशत खट्नेलाई धन्यवादपत्र र ५० देखि ५५ प्रतिशतसम्म खट्नेलाई निर्देशनपत्र दिने निर्णयसंगै १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण सोधेर जवाफ आएपछि चेतावनी, घटुवा वा निलम्बनसम्मका कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैवीच बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले हालै सम्पन्न राष्टियसभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनको निर्णय विपरित सत्तासाझेदार दल नेपाली कांग्रेसले धोका दिएकै कारण आफ्ना उम्मेदवार पराजित भएको भन्दै अवका दिनमा कांग्रेससँगको सहकार्यमा पुनर्विचार गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ ।

त्यस्तै उहाँले पार्टीको पुस्तान्तरणमा आफू बाधक नरहेको जनाउ सहित कार्यकर्ताले चाहे हालका सबै पदाधिकारी बाहिरिएर नयाँलाई अवसर दिन आफू पछि नपर्ने जनाउ संगै फागुन १ गते जनयुद्ध दिवस मनाउने उद्‍घोष समेत गरेका छन्।