सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस प्रदेश सभापतिहरुको भेला :साझा अवधारणा निर्माणका लागि ५ सदस्यीय सुझाव समिति गठन

क्षेत्रीय प्रदेश सभापतिहरुको संयोजकमा शिव कुमार खनाल चयन

काठमाडौं माघ २८,
नेपाली काँग्रेसको आसन्न नीति अधिवेशनको पूर्व संघारमा काठमडौं काँगैस मातहतका १० वठै निर्वाचन क्षेत्रका क्षेत्रीय प्रदेश सभापतिहरुको आज सम्पन्न प्रारम्भिक भेलाले काठमाडौ जिल्ला क्षेत्रीय प्रदेश सभापतिहरुको संयोजकमा निर्वाचन क्षेत्र न ८ ख प्रदेशका सभापति शिव कुमार खनाललाई चयन गरेको छ ।

 त्यस्तै पार्टीगत वृतमा देखिएको अनेकन विकृतिलाइ सम्बोधन गर्दै पार्टीमा नयाँ उर्जा सञ्चार गर्ने मुल अभिष्ट सहित आयोजना गरेको प्रदेश सभापतिहरुको आजको   प्रारम्भिक  भेलाले जनअपेक्षालाई समयमै सम्बोधन गर्दै नीति अधिवेशन प्रयोजनार्थ साझा अबधारणा निर्माणका लागि ५ सदस्यीय कार्य ब्यबस्था एवम सुझाव समिति समेत गठन गरेको छ।

गठित समितिको संयोजकमा शिव खनाल र सदस्यहरुमा क्रमस निर्वाचन क्षेत्र न ३ क प्रदेशका सभापति श्रीराम चालिसे , क्षेत्र न ५ क सभापति रमेश डंगोल क्षेत्र न ६ ख प्रदेशका सभापति बिष्णुभक्त तिमिल्सिना र निर्वाचन क्षेत्र न ९ख का सभापति मोहन बहादुर बस्नेत रहेका छन ।  गठित समितिलाइ पार्टीको मूल्य ,मान्यता र सिद्धान्त अनुरुप समयसापेक्ष साङ्गठनिक विकास र विस्तारका लागि साझा अवधारणा सहितको प्रतिवेदन बिधान संशोधन समितिमा पेश गर्ने कार्यादेश दिइएको छ।

त्यस्तै काठमाडौंका १० निर्वाचन क्षेत्रका २० जना प्रदेश सभापतिमध्ये १६ जना  क्रमस प्रल्हाद कार्की, ध्रुव केसी, श्रीराम चालिसे, विमल होडा,रामप्रसाद लुईटेल , रमेश डंगोल , राजु खड्का, ख्याम तिवारी, बिष्णुभक्त तिमिल्सिना, नविन मानन्धर, वासुदेव लामा, इन्द्रमानसिं सुवाल, शिवखनाल, मोहन बहादुर बस्नेत,शैलेश मान्धर ,धर्मानन्द श्रेष्ठको उपस्थित रहेको थियो भने सुमन श्रेष्ठ, उद्दब खड्का , मा.बिमल ठकुरी र राजेन्द्र भट्टराईको कार्यव्यस्ताका कारण उपस्थिति हुन नसकेको जनाउ प्राप्त भएको  जानकारी दिदै  संयोजक खनालले आगामी दिनमा पनि भेलालाइ निरन्तरता दिदै सहमति सहकार्य एकता सहितको साझा अवधारणाको कार्यान्वयन गर्दै प्रदेश समितिलाइ चलायमान गर्ने निर्णय  भएको बताउनुभयो ।