सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण]

 काठमाडौं माघ २४,

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने क्रम जारी छ ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिए दलीय प्रतिनिधित्वका आधारमा समय छुट्याइएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने सहितका कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।