आइतवार, जेष्ठ ६, २०८१

प्रतिनिधिसभाको बैठक आज बस्दै [यस्तो छ कार्यसूची]

 काठमाडौं माघ २४,
संघीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै बैठकमा गुरुङले प्रस्तुत गरेको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। 

त्यसैगरी आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएके छ ।