बिहिबार, बैशाख २०, २०८१

संघीय संसद्‌को महासचिवमा पाण्डेय नियुक्त

काठमाडौँ माघ २३,
संघीय संसद्‌को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागु हुनेगरी संघीय संसद्‌को महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा गत मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सभापति र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरे अनुरुप ‘प्रतिनिधिसभाका सभामुखज्यू र राष्ट्रियसभाका अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम पद्मप्रसाद पाण्डेयलाई मिति ०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसद्‌को महासचिव पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ।

यसवीचमा दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो ।