सोमवार, जेष्ठ ७, २०८१

संघीय संसद्को हिउँदे अधिवेशन सुरु [प्रत्यक्ष प्रसारण सहित]

 काठमाडौं माघ २२,
सङ्घीय संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । सोमबार अपराह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा र राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकलाइ जानकारी गराउँन भएको छ ।

यसैगरी बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गरिएको नामावलीको जानकारी गराउनुभएको छ ।

त्यस्ते आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल संगै अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व [पहिलो संशोधन] अध्यादेश, २०८० पेस गर्नुभएको थियो ।

 त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस पेस गरेसंगै आजको बैठक बुधवार ११ बस्ने गरि स्थगन गरिएको हो ।