सोमवार, जेष्ठ ७, २०८१

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

 काठमाडौ माघ २२

निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।  विसं २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सहित २३ पद रिक्त भएको जनाउँदै आयोगले उक्त पदहरूमा उपनिर्वाचन मार्फत पदपूर्तिका लागि नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको जनाएको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा विभिन्न कारणले नाम दर्ता गर्न छुट भएका योग्यता पुगेका नेपाली मतदाताहरुलाइ उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

आयोगका अनुसार पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका नागरिक लक्षित हुँदै यस्तो आग्रह गरेको हो ।  उपनिर्वाचन हुँने प्रतिनिधिसभा र प्रदेशसभा र स्थानीय तहको रिक्त २३ पद निम्नानुसार रहेको छ ।