आइतवार, जेष्ठ ६, २०८१

संघीय संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै [यस्तो छ कार्यसूची]

काठमाडौ माघ २२

संघीय संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई प्रभावकारी र चुस्त बनाउन पाक्षिक रूपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको जनाएको   छ ।

संसद सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि तय गरेको कार्यसूची अनुसार  आज बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने ,प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची  रहेको  छ ।

त्यस्तै   राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल गर्ने कार्यसूचीसंगै  अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० २०८० पेस गर्ने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने कार्यसूची तय गरेको छ ।