सडक दुर्घटना न्यूनिकरणका लागि ५३ हजार ६५८ वटा ट्राफिक सचेतनाका कार्यक्रम संचालन

काठमाडौं माघ १९,

 नेपाल प्रहरीले गत साउन १ गते देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा देशभर गरी ५३ हजार ६५८ वटा ट्राफिक सचेतना कार्यक्रम संचालन भएको जानकारी दिएको छ।  सवारी दुर्घटनाबाट बेलाबखत ठूलो धनजनको क्षति हुने गरेको यथार्थलाई मनन् गरी दुर्घटना न्यूनिकरण, सडक सभ्यता अभिवृद्धि र सर्वसाधारणलाई सवारी नियमबारे सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रम संचालन गरिएको हो ।

 त्यस्तै प्रहरीले यसरी सञ्चालन गरिएको सचेतना कार्यक्रममार्फत प्रत्यक्षरुपमा २७ लाख ६१ हजार ८ सय ७६ जना सर्वसाधारणहरू लाभान्वित भएको प्रहरीले जनाएको छ।
“सवारी दुर्घटनाबाट बचौं र बचाऔं । सवारी दुर्घटना न्यूनिकरणमा तपाई हाम्रो भूमिका छ” भन्ने लगायतका नारासहित संचालन हुने यस्ता सचेतना कार्यक्रममा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सामाजिक संघ संस्था, यातायात व्यवसायी, खेलाडी, आमनागरिक लगायत विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रने गरेको प्रहरीले जनाएके छ।

यसवीचमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ३ हजार २१४ पटक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू ईटहरी सुनसरीले १२ हजार ४१८ पटक, पथलैया बाराले ५ हजार २१३ पटक, रामनगर चितवनले ४ हजार २७७ पटक, गगनगौंडा कास्कीले १६ हजार २७७ पटक, बुटवल रूपन्देहीले ६ हजार ९४५ पटक, सुर्खेतले २ हजार ६५२ पटक र अत्तरीया कैलालीले २ हजार ७०२ पटक कार्यक्रम संचालन गरेको जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829