सोमवार, जेष्ठ ७, २०८१

संसदीय दलको बैठक: कांग्रेसले तोक्यो प्रतिनिधिसभाका विषयगत समितिको संयोजक

काठमाडौं माघ १९,

आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ। दलको बैठकले संसदीय दलको विधानको धारा १७ ३ बमोजिम तोकिएको समितिको संयोजकहरुमा क्रमस  अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादवसंयोजक तोकिएकी छिन्।

यस्तै,कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा, महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख सचेतक लेखका अनुसार आजको बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्न निर्वाचन समिति गठनका लागि कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसंगै हालै सम्पन्न् राष्ट्रिय सभा निर्वाचन २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर सहित गठबन्धनको साझा उम्मेदवार मध्ये एक जना पराजित भएको घटनालाई गम्भीरतापूर्वक चिन्तन गरिएको बताउनुभयो ।

त्यस्तै बैठकले संघीय लोकतान्त्रिक गणतान्त्रमक शासन व्यवस्थालाई सुदृढ गर्न संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसदनमा प्रस्तुत गर्न साथै संसदमा विचाराधिन विधेयकहरु आउँदो अधिवेशनमा पारित गर्न आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गसमेत गरेको छ ।
त्यस्ते संसदको अधिवेशन चालु रहेको समयमा नेपाली कांग्रेस संसदीय दलका सदस्यलाइ राजधानी बाहिर नजाने । अत्यवाश्यक कार्यले राजधानी बाहिर जानु परेमा कारण सहित उल्लेख गरी संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिन र संसदीय काम कारवाहीमा कृयाशिलतापूर्वक भाग लिन सबै सदस्यलाई निर्देशन समेत दिएको छ।