आइतवार, जेष्ठ ६, २०८१

सहीद सप्ताह: आज गंगालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिदै

 काठमाडौं माघ १५ ,

 आज सहीद सप्ताह अन्र्तगत राजधानीको पश्चिम बिष्णुमती नदीको किनार शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम रहेको छ।

 राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ मृत्यु स्वीकार गर्नुभएका शहिदको शालिकमा आज पुष्पगुच्छा अर्पण गर्दै सहीदहरुप्रति श्रद्धासुमन व्यक्त गर्न लागेको हो ।

 यसअघि माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा काठमाडौं महानगरले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक निर्माण गरेको हो ।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

यसैबीच शहिद दिवसको अन्तिम दिन मंगलवार बिहान सहिद स्मारक लैनचौरमा आयोजना हुने स्मृति कार्यक्रममा प्रधानमन्त्रीसहित, उच्च विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा ज्ञात अज्ञात सहितको स्मरणमा मौन धारण सहित नेपाली सेनाको सानो टुकडीले नेपाली सम्मान गारत चढाउँदै शहिद दिवस मनाउँने भएकोछ ।