सोमवार, जेष्ठ ७, २०८१

रत्नराज्य प्लस टु प्रकरण: शिक्षा विभागका प्रमुख कोइरालालाइ स्पष्टीकरणसंगै बिदामा बस्न निर्देशन

 काठमाडौं माघ १५ ,

 काठमाडौं महानगरपालिकाका मेयर बालेन समहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरणसंगे एक साता बिदामा बस्न निर्देशन दिएका छन् ।

महानगर समाचारस्रोतका अनुसार शिक्षा विभागका प्रमुख कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाइ प्लस टु चलाउन अनुमति दिएसंगै विषयमा स्पष्टीकरण सोधिएको हो ।

 काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको विषयमा महानगरको शिक्षा समितिले निर्णय गरेको पत्र सार्वजनिक भएसंगै कोइरलालाइ ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर सचिवालयस्रोतले जनाएको छ।

यसअघि पनि महानगरमा नगरपरिषदको निर्णयमा भएको किर्ते प्रकरणलाइ नजरअन्दाज गर्दै निर्णय प्रमाण्किरण गरेसंगै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाइ स्पष्टीकरण संगै विदामा बस्न र्दिेशन र किर्ते प्रकणमा र्सग्लग्न कर्मचारी चयलाय निलम्वन गरिएको थियो ।

प्रस्तुत प्रकरणपछि महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार पदस्थापना भएका छन भने निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेसी आयोगमा सरूवा भएर गएका छन् ।