सोमवार, जेष्ठ ७, २०८१

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भिमसेन भट्ट पक्राउ

५३ तोला चाँदीसहित बिकद्वय पक्राउ

काठमाडौं माघ ९, 
सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका९४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका९२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य९दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका भट्ट उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 यसैवीच पथलैया प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।०२९०२७ प १८५१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा जितपुर सिमरा १ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका९५ बस्ने ३५ वर्षीय गुजराज बिक र ईटहरी नगरपालिका९३ बस्ने २४ वर्षीय बद्री बिक रहेको प्रहरीले जनाएको छ।