सोमवार, जेष्ठ ७, २०८१

न्युरोड र आसपासका क्षेत्रमा पार्किङ निषेध गर्ने महानगरको निणयप्रति व्यवसायीको विरोध

 काठमाडौं माघ ९,

काठमाडौँ महानगरले आजदेखि न्युरोड र आसपासका क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । यसअघि न्युरोड क्षेत्रमा सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुो ।

व्यवसायीहरुले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको भन्दै पछिल्लो समय ‘व्यापार व्यवसाय सिर्जित मन्दीको पिडा खेप्दै गरेका व्यवसायीलाइ महानगरको यो कदमले थप पिडा दिएको बताए । स्मरण रहोस,   महानगरपालिकाले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाउँने काम गरेको हो ।

यसअघि महानगरले मंगलबार देखि न्युरोड क्षेत्रको धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने विषयगत निर्णयसंगै पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाएको छ ।