सोमवार, जेष्ठ ७, २०८१

आज भारतको अयोध्यास्थित राम मन्दिरमा विशेष कार्यक्रमकावीच प्राणप्रतिष्ठा गरिदै

 काठमाडौं माघ ८,

आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । हिन्दु र मुस्लिम विवादका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो । सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने मार्ग प्रसस्त भएको हो ।

भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठाको विधि सुरु हुने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहान ११ः३० बजेदेखि १२ः३० बजेसम्म गर्भगृहमा पूजाअर्चना गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।

प्राणप्रतिष्ठालाई प्रम मोदीले आफ्नो राजनीतिक, धार्मिक र आध्यात्मिक जीवनकै सबैभन्दा अमूल्य अनि ‘सौभाग्य’को क्षणको रुपमा स्वीकार गरेको जनाउादै प्राणप्रतिष्ठाको अनुष्ठान’का लागि प्राणप्रतिष्ठा हुनुभन्दा ११ दिनअघिदेखि उनले अन्न खान छोडेका छन् । फलाहार मात्रै गरिरहेको जनाएको छ।

त्यस्तै प्राणप्रतिष्ठा अघि भारत तथा विदेशबाट ल्याइएका ८१ कलशको औषधीयुक्त जलले गर्भगृहसहित सम्पूर्ण भुइँ तल्लालाई शुद्ध पारिने कार्यक्रम समेत रहेको जनाउँदै पूजाअर्चना पछि १२ः ३० बजे मुख्य अतिथि प्रम मोदीले विशेष सम्बोधन गर्ने त्यसपछि २ बजेबाट ७ बजेसम्म दर्शनार्थी र अतिथिका लागि राम मन्दिरको दर्शन गर्न समय निर्धारण गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा संगै नेपालमा पनि अधिकांश धार्मिक मठमन्दिरमा आज विशेष पूजा अर्चानासहित दीप प्रज्ज्वलनको कार्यक्रम तय भएको छ।