सोमवार, जेष्ठ ७, २०८१

आईसीसी यू–१९ विश्वकप:  आज नेपाल र न्यूजिल्याण्डवीच पहिलो खेल हुँदै 

काठमाडौं माघ ७,
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल न्यूजिल्याण्डसंग खेल्दैछ। नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १:४५ बजे सुरु हुने क्यानले जनाएको छ।

यू–१९ विश्वकपमा यसअघि नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।

 प्रतियोगिताको डी समुहमा  रहेको नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।