सोमवार, जेष्ठ ७, २०८१

 रवि लामिछने विरुद्ध कारबाही माग गर्दै नेविसंघले गर्यो राको जुलुस सहित पुतला दहन

काठमाडौं माघ ७,
नेपाल विधार्थी संघले नेविसंघले शनिवार साँझ अ‍ेवेर राती बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस ( संसद भवन सडक खण्ड अगाडी सहकारी ठगीमा मुछिएका सांसद एंव पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध मसाल जुसुल सहित पुतला दहन गरेको छ ।

संघले यसअघि सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही माग गरेको छ। सांसद र पुर्व उपप्रधान र गृहमन्त्री रवि लामिछानेका तर्फबाट विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ घुस लिएर आफ्नो संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लागेको छ ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल,अनुराग शाह , सरोज थापा, दिप बोहरा , नेविसंघ प्राविधिक विधार्थी परिषद केन्द्रिय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौं अध्यक्ष अंशुल केसी, नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनी , नेविसंघ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष विष्णु बडैला, नेविसंघ ल्ऋक्ष्त् सभापति सन्तोष आचार्य,नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष जेन तामाङ , नेविसंघ काठमाडौं कोषध्यक्ष साईमन अधिकारी, नेविसंघ प्युठान जिल्ला सहसचिव मोहन कालाथोकी, प्ऋऋ सचिव बबिन बोहोरा, ज्ष्mबबिथबल ध्जष्तभजयगकभ सचिव भुवन सिंह रोकाया , अच्युत भुषाल, समीर ढुंगाना, सुभम खड्गी, भुपेन्द्र भट्ट , नेविसंघ नेता सन्तोष आचार्य, ,अभिषेक दहाल, रमेश खड्का लगायत नेताहरुको सहभागीता थियो ।

 प्रदर्शनको क्रमको नेविसंघले गरेको नारावाजी यस्तो छ ।

गलि गलिमा स्वर छ ।
संसदभित्र सहकारी चोर छ ।।

सहकारी ठगलाई
कारबाही गर ।

रवि लामिछाने विरुद्ध उजुरी दर्ता गर ।
३६,००० जनताको पैसा फिर्ता गर ।।

सहकारी ठगी विरुद्ध नेविसंघ ।

शक्तिको आडमा
जनता लुट्न पाईदैन ।

सहकारी घोटाला
पीडितलाई न्याय गर ।

 दोषी जोगाउन पाईदैन ।

विभेद र पुर्वाग्रह मानिदैन ।
ठग व्यक्ती संसदमा चाहिदैन ।।

सहकारी ठगी प्रष्ट ।
रवि लामिछाने भ्रष्ट ।।

नेविसंघको खबरदारी
नउम्किउन सहकारीका भ्रष्टाचार ।।

सहकारी पीडितलाई
न्याय खोईरु

नेविसंघ भन्छ बारम्बार ।
सहकारी ठगलाई कारागार ।।

देशमा अर्थतन्त्र मन्दा छ ।
सांसदको सहकारी ठगीको धन्दा छ ।।

ग्रहमन्त्रीको खोल ओडेर
जनता ठग्न पाईदैन ।।

नेविसंघका नेताहरुले कोणसभामा यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको छ र राजनीतिक नेताहरूप्रति जनताको आस्था ह्रास गरेको छ । नेविसंघले प्रदर्शनका क्रममा यस्तो अनैतिक कार्यले नेपाली लोकतन्त्रको मूलभूत सिद्धान्त र संस्थागत विश्वासलाई कमजोर पारेको दाबी गरेको छ । नेविसंघ प्राविधिक विधार्थी परिषद अध्यक्ष चटौतले नेकपा एमालेको ठाडो निर्देशनमा सभामुख देवराज धिमिरेले सांसद लामिछानेलाई संरक्षण गरेको आरोप् समेत लगाएका छन् ।

नेविसंघले प्रदर्शनका क्रममा यस प्रकरणप्रति गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारवाही गर्न सम्बन्धित निकायलाई जोडदार माग गरेको छ । नेविसंघले आफ्नो प्रतिबद्धतामा अटल रही नेपाली जनताको हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने बताएको छ । प्रदानकर्ता नेविसंघका नेताहरुले यदि यो मागलाई अनदेखा गरिएमा र शक्तिको आडमा नेपाली जनताको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्ने र आवश्यक राजनीतिक तथा सामाजिक कदम चाल्ने चेतावनी दिएको छ ।