आइतवार, जेष्ठ ६, २०८१

क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३१ लाख रुपैयाँसहित अग्रवाल पक्राउ

काठमाडौं माघ ५,
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३१ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी दिपक ठकुरी ,मनमोहन साह र दिपवस कार्की रहेको विभागले जनाएको छ।

त्यस्तै विभागले व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मार्ने क्रममा थप अमेरिकी डलर एक हजार नौ सय ९४ रुपैया समेत बरामद गरेको जनाउादै बरामद गरेको जनाएको छ ।

 पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको जनाएको छ।