सोमवार, जेष्ठ ७, २०८१

असंलग्न राष्ट्रहरूको १९औँ शिखर सम्मेलनलाई आज प्रम प्रचण्डले सम्बोधन गर्दै

 काठमाडौं माघ ५,

असंलग्न राष्ट्रहरूको आन्दोलन [नाम] को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँने क्रममा प्रधानमन्त्री प्रचण्ड कम्पाला पुग्नुभएको हो ।  ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा शनिवारसम्म चल्नेछ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीसंग भेटवार्ता संगै शिखर सम्मेलनमा सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।