सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन: आज मतदाता नामावली प्रकाशन गरिँदै

 काठमाडौं पुस २०,

आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै छ। निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ।
त्यस्तै प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुने र पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
अन्तिम नामवली प्रकाहित भएसंगै पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको उम्मेदवारी दर्ता पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन र पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले कार्यतालिका तय गरेको छ।

त्यस्ते माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगले जनाएको छ।