सोमवार, जेष्ठ ७, २०८१

म नेपालीका साथमा देशको अवस्था नियालिरहेको छु : पूर्वराजा शाह

काठमाडौं पुस १९,
पूर्वराजा ज्ञानेन्द्र शाहलााइ आज भैरहवामा एक विशेष कार्यक्रमकावीच नागरिक अभिनन्दन गरिएको छ ।  नागरिक अभिनन्दन ग्रहण पछि कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफु सदा नेपालीका साथमा नेपालभित्रै रहेको र देशको अवस्था नियालिरहेको बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ भन्ने आवाज सुन्न थालेको बताउँदै यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, म नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको अभिव्यत्ति दिनुभएको हो।

साथै उहाँले समाज कानुन र व्यवस्थाबिना देश अस्तित्वमा रहननहुने बताउँदै देश सुहाउँदो, बलियो अभिष्टहरूमार्फत् अगाडि बढ्नुपर्ने बताए। ‘तर आज देश जर्जर भएको छ। बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो।

त्यस्तै देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ। देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गनुपर्छ भन्दै उहाँले यसवीचमा हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचान,विचार खुम्चिदै र खिइँदै जानु किमार्थ पनि राम्रो होइन भन्नुभयो ।

सम्बोधनकै क्रममा पूर्व राजा शाहले सदाचारी राजनीतिको युग बितिसकेको जिकिर सहित नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने विद्यमान भाष्य लक्षित हुँदै उहाँले नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रकृयामा हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन्। त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कस िअघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ – त्यो हामी आफैले तय गर्ने विषय भएको बताउँदै नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख शान्ति यसैमा रहेको बताउनुभएको छ ।

यस्तो छ सम्बोधनको पूर्णपाठ: