आइतवार, जेष्ठ ६, २०८१

भारतसँगको विद्युत निर्यातसम्बन्धी सम्झौता विद्युत व्यापारमा कोसेढुंगा सावित: प्रधानमन्त्री

 काठमाडौं पुस १९,

प्रधानमन्त्री प्रचण्डले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभएको छ।  बिहीबार दिउँसो रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

प्रम प्रचण्डले प्रशासकीय भवन उद्घाटन गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको उर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिदै मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको बताउनुभयो ।

त्यस्तै उहाँले नेपाल भारतवीचको यो सम्झौता आफैमा ऐतिहासिक उपलब्धि भएको चर्चा गर्दै अवको चरणमा भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको र अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुने बताउनुभयो ।

सम्बोधनकै क्रममा प्रम प्रचण्डले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको स्पष्ट पार्दै  सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं भन्नुभयो। साथै उहँँले रामेछाप जिल्लामा सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति बनाउँदै प्रशासनिक भवनअनुरूपको सेवा प्रवाह, शिक्षा९स्वास्थ्यको विकास, कृषि९पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई अपील समेत गर्नुभयो।