आइतवार, जेष्ठ ६, २०८१

भारतीय विदेश मामिला मन्त्री डा.जयशंकर काठमाडौंमा ,यस्तो छ आजको कार्यसूची

काठमाडौं पुस १९,

भारतका विदेश मामिला मन्त्री डा एस जयशंकर ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन काठमाडौं आइपुगेका छन् ।  विदेशमन्त्री जयशंकर सवार भारतीय वायु सेनाको विशेष विमान आईएफसी थ्री वान बिहान ९ बजेर ३१ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको थियो ।

 विदेशमन्त्री जयशंकर अहिले ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसंगै मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय भएको बुझिएको छ।

 त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा , पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेगरी डीपीआर घोषणा र भारतीय दूतावास मार्फत ‘साना विकास परियोजना’ ९एसडीपी० कार्यक्रममार्फत सिधै परिचालन गर्न पाउने रकमलाई बढाउने सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएके छ ।

मन्त्रालयका अनुसार २ बजे याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको र त्यसलगत्तै ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको  छ।

त्यस्तै साँझ ६ :१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएकोछ ।