सोमवार, जेष्ठ ७, २०८१

प्रअ कलिम अहमद र विव्यस अध्यक्ष खाँविरूद्ध विरूद्ध १८ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं पुस १६,
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेको नरैनापुर गाउँपालिका वडा नं.२ स्थित मदरसा दारूल उलूम अमजदिया बरकातियाकाका पूर्वप्रधानाध्यापक कलिम अहमद र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बदरूददुजा खाँविरूद्ध भ्रष्टाचार मुुद्दा दायर गरेको छ।

आयोगले प्रअ जोलाह र विव्यस अध्यक्ष खाँले आपसी मिलोमतोमा साविक जिल्ला शिक्षा कार्यालय, बाँकेबाट तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकलगायतका शीर्षकमा निकासा भएको अठार लाख तीन हजार हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

 तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट आव २०७०/०७१ देखि आव २०७४/०७५ सम्म शिक्षक तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको तथा मदरसाका तत्कालीन प्रधानाध्यापक जोलाहको नाममा लेखापरीक्षण प्रतिवेदनले पेश्की बेरूजु औंल्याएको रकमसमेत सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको जनाउँदै आयोगले  निज कलिम अहमद र बदरूददुजा खाँविरूद्ध विरूद्ध हिनामिना भएको रकम बराबर बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारणअनुसार कैद, बिगो असुलउपर र जरिवानाको मागदाबी सहित मुद्धा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे बताउनुभयो ।