सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्री ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

अपडेट : 

काठमाडौं पुस ९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार दिउँसो ५ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्न लागेको हो । यसअघि प्रधानमन्त्री दाहालको सचिवालयले सम्बोधनको समय दिउँसो ३ बजे निर्धारण भएको जानकारी दिएको थियो ।

तर पछि सचिवालयले सम्बोधनको समय ३ बजेबाट ५ बजेका लागि सरेको जानकारी दिएको हो ।