सोमवार, जेष्ठ ७, २०८१

आज क्रिश्चियन समुदायले आफ्नो महान पर्व क्रिसमस मनाइदैँ

क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउँने प्म प्रचण्डको विश्वास

काठमाडौं पुस ९

 आज क्रिश्चियन समुदायको महान पर्व अर्थात क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्ती सम्वद्ध समुदायले देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी मनाइँदै छ ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको र उहाँको जन्म भएको खुसीयालीमा यो पर्व मनाउँन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन मनाइने यो दिवसको अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ ।

प्राप्त पछिल्लो तथाङक अनुसार देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

यसैवीच इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना सनद्येश जारी गर्दै प्रम प्रचचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आफ्नो शुभकामना सन्देशमा नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ ।

विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो । क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउँन भूमिका खेल्ने मैले विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

२१ औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको जिकिरसहित राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षासहित सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीहरुमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।